global ime bank Long Banner Ad

गृहपृष्ठ अमेरिकामा ९९ प्रतिशत मंकीपक्सको संक्रमण पुरुषमा

अमेरिकामा ९९ प्रतिशत मंकीपक्सको संक्रमण पुरुषमा

अमेरिकामा ९९ प्रतिशत मंकीपक्सको संक्रमण पुरुषमा

अमेरिकामा देखिएका मंकीपक्सका संक्रमितहरूमध्ये ९९ प्रतिशत संक्रमित पुरुष रहेका एक अध्ययनले देखाएको छ । अमेरिकाको सेन्टर्स् फर डिजिज् कन्ट्रोल एण्ड प्रिभेन्सनले हालै गरेको एक अध्ययनमा सो तथ्य भेटिएको बताइएको छ ।

यही अगष्ट ५ मा सार्वजनिक गरिएको सो रिपोर्टमा उक्त कुरा देखिएको हो । सो अनुसन्धान रिपोर्टमा देखाइएअनुसार यसरी पाइएका ९९ प्रतिशत मंकीपक्सका संक्रमितहरुमा पनि पुरुषबाट पुरुषमा नै सरेका पाइएको समाचारमा उल्लेख गरिएको छ ।

अमेरिकामा देखिएको यो भाइरसको मे १७ देखि जुलाई २२ सम्मको तथ्यांकमा गरिएको अनुसन्धानमा यो तथ्य भेटिएको हो । अमेरिकामा पछिल्लो समयमा मंकीपक्सका स.क्रमितहरु भेटिने क्रम बढ्दो रहेको छ । अहिले विश्वका दर्जनौँ देशमा यो संक्रमण भेटिएको छ र ती देशमध्ये सबैभन्दा बढी अमेरिकामा नै यसको संक्रमण बढ्दो छ ।

पछिल्लो तथ्यांकअनुसार अमेरिकामा मात्र मंकीपक्सका आठ हजार नौसय भन्दा बढीमा यो संक्रमण भेटिएको पाइएको छ ।

प्रकाशित समय : १६:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु