गृहपृष्ठ त्रिवि सेवा आयोगकाे तालाबन्दी खुल्यो
त्रिवि सेवा आयोगकाे तालाबन्दी खुल्यो
त्रिभुवन विश्वविद्यालय सेवा आयोग कार्यालयमा लगाएको ताला नेविसंघले आज खोलेको छ ।
नेविसंघले ताला लगाएपछि त्रिवि सेवा आयोगमा प्राध्यापक तथा सहप्रध्यापकको अन्तर्वार्ता रोकिएको थियो । नेविसंघ एक विज्ञप्ति जारी गरेर ताला खोलिएको जानकारी दिएको हो ।
सेवा आयोगले २०७७/०७८ मा आन्तरिक प्रतियोगिताबाट विभिन्न पदहरूमा पदपूर्ति गर्न विज्ञापन गरेकामध्ये व्यवस्थापन र समाजशास्त्र, हिन्दी र मैथली विषयको अन्तर्वार्ता गत साउन १५ गतेदेखि सुरू गर्ने तालिका थियो ।
नेविसंघले गत साउन १२ मा त्रिवि सेवा आयोगमा प्राध्यापक तथा सहप्राध्यापकहरूको अन्तर्वार्ता रोक्न माग गर्दै तालाबन्दी गरेको थियो ।
प्रकाशित समय : ११:३९ बजे



















