गृहपृष्ठ जापानमा रहेका प्रचण्डले हिरोसिमा सहरमा संग्रहालय अवलोकन गरे
जापानमा रहेका प्रचण्डले हिरोसिमा सहरमा संग्रहालय अवलोकन गरे
जापानको पाँच दिने भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आणविक बम खसालिएको हिरोसिमा सहरस्थित संग्रहालय अवलोकन गरेका छन् ।
उनले भ्रमण टोलीका सदस्यहरुसहित आज संग्रहालय अवलोकन गरेका हुन् । दोस्रो विश्वयुद्धको क्रममा अमेरिकाले दुई जापानी सहर हिरोसिमा र नागासाकीमा परमाणु बम खसालेको थियो ।
परमाणु बमले कतिको मृत्यु भयो भन्ने यकिन तथ्यांक छैन । तर हिरोसिमाका तीन लाख ५० हजार जनसंख्यामध्ये एक लाख ४० हजार र नागासाकीमा कम्तीमा ७४ हजार जना मानिस मरेको अनुमानित तथ्यांक रहेको बीबीसी नेपाली सेवाको एक रिपोर्टमा उल्लेख छ ।

जापानको भ्रमणको लागि माओवादी अध्यक्ष यही साउन २० गते त्यसतर्फ प्रस्थान गरेका थिए । उनीसँग छोरी गंगा दाहाल, स्वकीय सचिव रमेश मल्लसहित सचिवालयका एकजना सदस्य सूर्यकिरण शर्मा लगायत सहभागि छन् ।

प्रकाशित समय : ०९:५८ बजे



















