moneygram ime

गृहपृष्ठ गठबन्धनको सिट बाँडफाँड गर्ने कार्यदलमा को–को छन् ? (सूचीसहित)

गठबन्धनको सिट बाँडफाँड गर्ने कार्यदलमा को–को छन् ? (सूचीसहित)

गठबन्धनको सिट बाँडफाँड गर्ने कार्यदलमा को–को छन् ? (सूचीसहित)
citizen life insurance

सत्तारुढ पाँँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँड गर्न ११ सदस्यीय कार्यदल गठन गरेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको गठबन्धन बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए ।

उनका अनुसार कार्यदलमा कांग्रेसबाट तीन र बाँकी दलबाट दुई–दुई जना सदस्य छन् । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की रहेका उनले जानकारी दिए ।

यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्यमा रहेका भुसालले जानकारी दिए ।

कार्यदलको बैठक चाँडै बस्ने उनले जानकारी दिए ।

प्रकाशित समय १३:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

muktinath bikas bank