global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ बिहीबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहीबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहीबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहीबार सुनको मूल्य बढेको छ । बुधबार ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँ पुगेको छ । त्यस्तै आज चाँदीको मूल्यभने स्थिर रहेर प्रतितोला एक हजार २ सय १० रुपैयाँमा कारोबार भएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

प्रकाशित समय : ११:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु