global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ ३६ प्रतिशतले बढ्यो एनएमबी बैंकको नाफा, अन्यको अवस्था कस्तो ?

३६ प्रतिशतले बढ्यो एनएमबी बैंकको नाफा, अन्यको अवस्था कस्तो ?

३६ प्रतिशतले बढ्यो एनएमबी बैंकको नाफा, अन्यको अवस्था कस्तो ?

एनएमबी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक  गरेको छ । बैंकले यस अवधिसम्ममा ३ अर्ब ७० करोडभन्दा बढी खुद नाफा कमाएको छ ।

अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा बैंकको नाफा ३६.५३ प्रतिशत बढी हो । अघिल्लो वर्ष सो अवधिसम्म बैंकले २ अर्ब ७१ करोडभन्दा बढी मात्र खुद नाफा गरेको थियो ।

यस्तै गत वर्ष बैंकको सञ्चालन नाफा भने ३६.४३ प्रतिशत बढी ५ अर्ब २१ करोड भएको छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ १५ पैसा रहेको छ भने बैंकको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ १४ पैसा रहेको छ ।

प्रकाशित समय : १०:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु