global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ बैंकहरुलाई ब्याजदर बढाउन राष्ट्र बैंकको सन्देश

बैंकहरुलाई ब्याजदर बढाउन राष्ट्र बैंकको सन्देश

बैंकहरुलाई ब्याजदर बढाउन राष्ट्र बैंकको सन्देश

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मौद्रिक नीति कार्यान्वयनका लागि परिपत्र जारी गर्दै ब्याजदर बढाउन सन्देश दिएको छ । बुधबार जारी भएको परिपत्रअनुसार बैंक दर तथा नीतिगत दर परिवर्तन भएमा बैंक तथा वित्तीय संस्थाले तत्काल ब्याजदर परिवर्तन गरी प्रकाशन गर्न सक्ने छन् ।

हाल निक्षेपमा दिने ब्याजदर मासिक रुपमा मात्र परिवर्तन गर्न सकिने व्यवस्था छ । तर, राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंक दर र नीतिगत दरमा वृद्धि गरेको छ । यसअनुसार अब बैंकहरुले पनि तत्कालै निक्षेपको ब्याजदर परिमार्जन गर्न सक्नेछन् ।

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को लागि ६ साउनमा सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत तरलता सुविधाको साथै ब्याजदरमा वद्धि गरेको थियो । राष्ट्र बैंकले ब्याजदर करिडोर अन्तरगतका दरहरुलाई १.५ प्रतिशतले वृद्धि गरी ७ प्रतिशत रहेको बैंकदरलाई साढे ८ प्रतिशत, साढे ५ प्रतिशत रहेको नीतिगत दरलाई ७ प्रतिशत र ४ प्रतिशत रहेको निक्षेप संकलन दरलाई साढे ५ प्रतिशत पुर्‍याएको थियो ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत दैनिक तरलता सुविधालाई आवश्यकता अनुसार ओभरनाइट बनाउँदै बैंकदरमा उपलब्ध गराउने बताएको छ । स्थायी तरलता सुविधा (एसएलएफ)मा कडाई गर्दै बैंकको अघिल्लो साताको स्वदेशी मुद्राको निक्षेपको १ प्रतिशतभन्दा बढी बक्यौता नहुने गरी ५ दिन अवधिसम्मको लागि उपलब्ध गराउने केन्द्रीय बैंकले जनाएको छ ।

एसएलएफ ८.५ प्रतिशतको बैंकदरमा उपलब्ध गराउने व्यवस्था मौद्रिक नीतिमा नै समावेश भएर कार्यान्वयन भइसकेको छ ।

प्रकाशित समय : १०:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु