गृहपृष्ठ इंग्ल्यान्डलाई पहिलोपटक महिला युरोको उपाधि

इंग्ल्यान्डलाई पहिलोपटक महिला युरोको उपाधि

इंग्ल्यान्डलाई पहिलोपटक महिला युरोको उपाधि

आयोजक इंग्ल्यान्डले पहिलोपटक महिला युरो २०२२ को उपाधि जितेको छ । वेम्बलीमा आइतबार राति सम्पन्न फाइनल खेलमा जर्मनीलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो ।

इंग्ल्यान्डलाई जित दिलाउन इला टोनी र च्लोए केलीले गोल गरिन् । जर्मनीका लिना मागुलले एक गोल फर्काइन् । ६२औं मिनेटमा टोनीले गोल गर्दै इंग्ल्यान्डलाई सुरूआती अग्रता दिलाएकी थिइन् । तर, ७९ औं मिनेटमा लिनाले गोल गर्दै जर्मनीलाई १-१ गोलको बराबरीमा ल्याइन् ।

त्यसपछि निर्धारित ९० मिनेटमा समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमाको ११०औं मिनेटमा इंग्ल्यान्डकी केलीले गोल गरिन् ।

प्रकाशित समय : ०८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु