गृहपृष्ठ एनसीसी बैंकले संस्थापक सेयर बिक्री गर्दै, बिक्री प्रबन्धकमा सनराईज क्यापिटल
एनसीसी बैंकले संस्थापक सेयर बिक्री गर्दै, बिक्री प्रबन्धकमा सनराईज क्यापिटल
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)ले संस्थापक समूहको सेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ । कम्पनीले संस्थाका संस्थापक सेयरधनी, कम्पनीको नाममा रहेको २६ लाख ३१ हजार १३६ कित्ता संस्थापक सेयर सर्वसाधारणमा बिक्री गर्ने भएको हो ।
संस्थापक सेयरको मूल्य न्युनतम प्रतिसेयर १३१ रुपैयाँ रहेको छ । बोलपत्र पेस गर्दा न्युनतम १००० कित्ता र अधिकतम २६ लाख ३१ हजार १३६ कित्ताका लागि आवेदन दिन सकिनेछ। यस सेयरका बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेड रहेको छ।
सो सेयरमा विद्यमान संस्थापक सेयरधनीलगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले साउन २२ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
प्रकाशित समय : १०:४२ बजे



















