काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बाबुरामको नयाँ पार्टी आयोगमा दर्ता

8.46K
shares

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘नेपाल समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता गराएका छन् । जनता समाजवादी पार्टीबाट अलग भएका भट्टराईले बिहीबार नयाँ पार्टी दर्ता गरेका हुन् ।

दर्ता भएको पार्टीको चुनाव चिन्ह खुलेको आँखा रहेको छ । भट्टराईले २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा तत्कालीन नयाँ शक्तिबाट आँखा चुनाव चिन्हबाटै जितेका थिए ।

जसपामा विवाद भएपछि पछिल्लो समय उपेन्द्र यादव र भट्टराई सौहार्दपूर्ण वातावरणमा अलग हुने सहमति गरेका थिए । २०७२ सालमा संविधान जारी भएपछि माओवादी परित्याग गरेका भट्टराईको नेपाल समाजवादी पार्टी तेस्रो हो। उनी नयाँ शक्ति, जसपा हुँदै समाजवादीमा आइपुगेका हुन् ।