गृहपृष्ठ लुम्बिनी विकास बैंकले फोटोन र चंगनका गाडी किन्न सहज कर्जा दिने

लुम्बिनी विकास बैंकले फोटोन र चंगनका गाडी किन्न सहज कर्जा दिने

लुम्बिनी विकास बैंकले फोटोन र चंगनका गाडी किन्न सहज कर्जा दिने

लुम्बिनी विकास बैंक र एमएडब्लु अटो कोर्प तथा एमएडब्लु कमर्सियल भेहिकल्सबीच सम्झौता भएको छ । फोटाेन र चंगन ब्राण्डका व्यक्तिगत तथा व्यवसायिक प्रयोजनका सवारी साधन खरिद गर्ने ग्राहकहरुलाई लगानी गर्ने उक्त सम्झौता भएको हो ।

सो सम्झौतापत्रमा लुम्बिनी विकास बैंकको तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकाल र एमएडब्लु अटो कोर्प तथा एमएडब्लु कमर्सियल भेहिकल्सको तर्फबाट प्रबन्ध निर्देशक विवेक सिकारीयाले संयुक्त रुपमा हस्ताक्षर गरे ।

सो सम्झौतापत्रअनुसार लुम्बिनी विकास बैंकले सबै शाखाबाट यो सुविधा लिन सकिनेछ । यसका साथै सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुले सो सेवा बिक्रेताको देशभरी रहेको १३ वटा शोरुममार्फत खरिद गर्न सक्नेछन् ।

लुम्बिनी विकास बैंकले हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखामार्फत सेवा दिँदै आएकोे छ ।

प्रकाशित समय : १८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु