global ime bank Long Banner Ad

गृहपृष्ठ अर्थमन्त्री प्रकरण : सीसीटीभी फुटेज बुझिएन, फरेन्सिक प्राविधिकसँग छलफल गर्दै समिति

अर्थमन्त्री प्रकरण : सीसीटीभी फुटेज बुझिएन, फरेन्सिक प्राविधिकसँग छलफल गर्दै समिति

अर्थमन्त्री प्रकरण : सीसीटीभी फुटेज बुझिएन, फरेन्सिक प्राविधिकसँग छलफल गर्दै समिति

जेठ १४ गते रातिको अर्थमन्त्रालयको सीसीटीभी फुटेज रिकभर भएको छ । नेपाल प्रहरीकोे फरेन्सिक ल्याबले सीसीटीभी फुटेज रिकभर गरेर पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिलाई बुझाइसकेकाे छ ।

समितिले मंगलबार फरेन्सिक ल्याबको रिपोर्ट खोलेको थियो । तर, फुटेजमा पनि कुनै पनि भिडियो स्पष्ट नरहेको समितिका एक सदस्यले जानकारी दिए । ‘रिपोर्टमा साे फुटेज अर्थमन्त्रालयको जेठ १४ गतेकै हाे भनिएकाे छ । हामीले हेर्‍याैं तर फुटेजबाट मान्छे चिन्न सकिएन,’ ती सदस्यकाे भनाइ छ । फुटेज नबुझेपछि समितिले आजै दिउँसो फरेन्सिक ल्याबका प्राविधिकसँग छलफल गर्ने भएका छन् ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/८० को बजेट बनाउने क्रममा मध्यराति अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति बोलाएर करका दर हेरफेर गरेको आरोप लागेकाे छ । साे आरोपपछि उनले असार २२ गते पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित समय : १४:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु