nmb bank

गृहपृष्ठ भक्तपुर दुर्घटना : मृतकमध्ये एकको पहिचान खुल्यो

भक्तपुर दुर्घटना : मृतकमध्ये एकको पहिचान खुल्यो

भक्तपुर दुर्घटना : मृतकमध्ये एकको पहिचान खुल्यो

भक्तपुरमा रुख ढलेर किच्दा मृत्यु भएका तीनजनामध्ये एक जनाको पहिचान खुलेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मृत्यु हुनेहरूमध्ये एकजना भक्तपुर नगरपालिका–२ का २५ वर्षीय विशेष खर्बुजा रहेका छन् ।

आइतबार दिउँंसो सवा १२ बजे भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित चोगां गणेशमा सडक छेउको सल्लाको रुख ढल्दा बा२ख३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई किच्दा तीनजनाको मृत्यु भएको र १५ जना घाइते भएका महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिए । उनका अनुसार मृतकमध्ये दुईजनाको अझै पहिचान हुन सकेको छैन । पहिचान नखुलेका मृतक पुरुष रहेका छन् ।

तीन जनाकै उपचारको क्रममा मृत्यु भएको र बाँकी घाइतेहरूको भक्तपुरका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

प्रकाशित समय : २१:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु