global ime bank Long Banner Ad

गृहपृष्ठ अभियान लघुवित्तले आइपीओ निष्कासन गर्ने

अभियान लघुवित्तले आइपीओ निष्कासन गर्ने

अभियान लघुवित्तले आइपीओ निष्कासन गर्ने

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले यही साउन १८ गतेदेखि प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका नौ करोड ७५ लाख रुपैयाँ बराबरका नौ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

लघुवित्तले निष्कासन गर्न लागेको कुल नौ लाख ७५ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात् १२ हजार ५०० कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ । बाँकी नौ लाख १३ हजार ७५० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा मागबमोजिम आवेदन नपरे आउँदो भदौ १ गतेसम्म आवेदन दिने समय थप गरिने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जानकारी दिएको छ । लगानीकर्ताले न्यूनतम १० देखि तीन हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदकले सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।

हाल लघुवित्तको चुक्ता पुँजी १५ करोड २५ लाख रुपैयाँ छ । आइपीओ बाँडफाँडपश्चात् लघुवित्तको चुक्ता पुँजी २५ करोड रुपैयाँ पुग्नेछ । आर्थिक वर्ष २०७७/७८ सम्म कम्पनीको सञ्चित नाफा ३५ लाख रुपैयाँ छ । यस्तै, उक्त अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६० पैसा छ । प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ३६ पैसा छ ।

कम्पनीले पहिलो कारोबारका लागि नेप्सेबाट १०५ रुपैयाँ ३६ पैसादेखि ३१६ रुपैयाँ ०८ पैसा पाउने देखिन्छ । आइपीओ निष्कासन गरेको कम्पनीलाई धितोपत्र दोस्रो बजारमा नेप्सेले वास्तविक प्रतिसेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्म मूल्य रेञ्ज दिने गर्छ ।

आइपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्युअर रेटिङ डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्छ ।

प्रकाशित समय : ११:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु