गृहपृष्ठ थप ४५६ जनामा काेराेना संक्रमण पुष्टि
थप ४५६ जनामा काेराेना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ३ हजार ८ सय ३८ जनाको कोभिड परीक्षण गर्दा ४ सय ५६ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २ हजार १ सय ६८ को पीसीआर र १ हजार ६ सय ७० जनाको एन्टीजेन परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ३ सय ८४ र एन्टीजेन परीक्षणबाट ७२ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल नेपालमा २ हजार ८ सय ४१ जना संक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयको भनाइ छ । संक्रमितमध्ये २ हजार ७ सय ८जना होम आइसोलेसनमा, १ सय ३३ जना संस्थागत आइसोलेसनमा छन् भने २२ जनाको आइसीयूमा उपचार भइरहेको छ ।
२४ घण्टामा ८० जना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६८ हजार ३ सय ८ पुगेको छ । निको हुने दर ९८.५ प्रतिशत रहेको छ ।
आज कोरोनाबाट कुनै पनि व्यक्तिको मृत्यु भएको छैन । हालसम्म ११ हजार ९ सय ५४ जनाले ज्यान गुमाएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा ३ लाख ८६ हजार ७ सय ८२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रकाशित समय : १७:१८ बजे



















