global ime bank Long Banner Ad

गृहपृष्ठ आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति (पूर्णपाठ)

आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति (पूर्णपाठ)

आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

केन्द्रीय बैंकले नेपाल सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग गर्ने गरी चालू आर्थिक वर्षको मौद्रिक नीति ल्याएको छ । गभर्नर अधिकारीले चालू वर्षको मौद्रिक नीति नेपाल सरकारले बजेटमार्फत लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नेगरी ल्याइएको बताए । उनले मौद्रिक नीतिको घोषणा गर्दै भने, ‘चालू आर्थिक वर्षमा नेपाल सरकारले बजेटमार्फत ८ प्रतिशतको आर्थिक वृद्धि र ७ प्रतिशतमा मुद्रास्फीति राख्ने लक्ष्य लिएको छ ।’ यो लक्ष्यलाई सहयोग गर्नेगरी चालू वर्षको मौद्रिक नीति ल्याइएको छ ।

यसैगरी राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत न्यूनतम ७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्नेगरी विदेशी मुद्राको व्यवस्थापन गर्दै आर्थिक उत्पादनमा केन्द्रित हुने बताएको छ । गभर्नर अधिकारीले विदेशी मुद्रामा परेको चाप कम गर्दै उत्पादन केन्द्रित अर्थनीतिमा ध्यान दिने बताए ।

यसैगरी, बजेटले लिएको ७ प्रतिशतको मुद्रास्फीतिलाई समेत मौद्रिक नीतिले सहयोग गर्ने उनको भनाइ छ । ‘नेपालजस्तो सानो मुलुक आयातमा आधारित खुला अर्थतन्त्र भएको मुलुकले विदेशी मुद्राको सञ्चिति सुविधाजनक स्थितीमा सञ्चित गर्नुपर्ने बाध्यता छ,’ गभर्नर अधिकारीले भने ।

पूर्णपाठ :

प्रकाशित समय : १६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु