गृहपृष्ठ सुर्खेतमा तीन महिना पुरानाे मानव कंकाल भेटियो
सुर्खेतमा तीन महिना पुरानाे मानव कंकाल भेटियो
भेरीगंगा नगरपालिका-१० सुर्खेत साततलेस्थित गौरीशंकर सामुदायिक वनमा मानव कंकाल भेटिएको छ ।
बिहीबार दिउँसो उक्त मानव कंकाल भेटिएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी हीराबहादुर पाण्डेले उक्त सामुदायिक वनमा च्याउ खोज्न गएका स्थानीयवासीले मानव शरीरको अस्थिरपञ्जर देखेपछि प्रहरीलाई खबर गरेको बताए ।
उनका अनुसार खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय छिन्चुबाट इन्स्पेक्टरकाे नेतृत्वमा पाँच जनाको टोली त्यहाँ पुगेको थियो ।
‘तीन-चार महिनाअघिको देखिने मानव कंकाल पुरुषको भएको र छरिएको अवस्थामा भेटिएको थियो’, प्रवक्ता पाण्डेले भने, ‘जनप्रतिनिधिको रोहवरमा घटनास्थलबाट मुचुल्का गरी कंकाललाई प्रहरीले ल्याएको छ ।’
प्रहरीका अनुसार सो घटनाबारे अनुसन्धान भइरहेको छ ।
प्रकाशित समय : ०७:५० बजे



















