गृहपृष्ठ ७५ हजार डलर पुरस्कारको ‘मेरो भ्वाइस युनिभर्स’ र ‘डान्स युनिभर्स’ रियालिटी शो हुँदै

७५ हजार डलर पुरस्कारको ‘मेरो भ्वाइस युनिभर्स’ र ‘डान्स युनिभर्स’ रियालिटी शो हुँदै

७५ हजार डलर पुरस्कारको ‘मेरो भ्वाइस युनिभर्स’ र ‘डान्स युनिभर्स’ रियालिटी शो हुँदै

नेपालमा पहिलो पटक सर्वाधिक ठूलो धनराशीसहितको दुईवटा रियालिटी शो आयोजना हुने भएको छ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ हुन लागेको हो ।

विश्वभर छरिएर रहेका नेपाली भाषीहरूको सहभागीतामा शो आयोजना गरिन लागेको आयाेजकले मंगलबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएकाे हाे । ‘मेरो भ्वाइस युनिभर्स’का विजेताले ७५ हजार डलर पुरस्कार पाउनेछन् । फस्ट रनरअपले २५ हजार र सेकेन्ड रनरअपले १० हजार डलर पुरस्कार पाउने आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘मेरो डान्स युनिभर्स’को विजेताले पनि ७५ हजार डलर पुरस्कार पाउनेछन् । यो शोको फस्ट रनरअपले २५ हजार र सेकेन्ड रनरअपले १० हजार डलर पुरस्कार पाउनेछन् ।

यो शोमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरूले इन्ट्रा फाउन्डेशनको एप डाउनलोड गरेर फर्म भर्न सक्नेछन् । अगष्टदेखि सुरु हुने अडिसन डिसेम्बर ३१, २०२२ सम्म जारी रहनेछ ।

जनवरी १ बाट भने प्रतिस्पर्धीलाई विश्वका विभिन्न स्थानमा बोलाएर अडिसन लिइनेछ । नेपालसँगै क्यानडा र अमेरिकामा अडिसन गरिनेछ । यी बाहेक अन्य देशमा प्रतिस्पर्धीको संख्याको आधारमा अडिसन हुने बताइएको छ ।

रियालिटी शाेबारे जानकारी दिन आयोजति कार्यक्रमकै अवसरमा कलाकार नीर शाह, भुवन केसी, निर्मल शर्मा, दीपाश्री निरौला, प्रियंका कार्कीलाई सम्मान गरिएको थियो ।

प्रकाशित समय : १२:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु