गृहपृष्ठ काठमाडौंमा बिहानैदेखि वर्षा, आज देशभर कस्ताे रहला माैसम ?
काठमाडौंमा बिहानैदेखि वर्षा, आज देशभर कस्ताे रहला माैसम ?
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ । अहिले प्रदेश नम्बर-१, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ । आज दिउँसो देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने महाशाखाले उल्लेख गरेकाे छ । पहाडी भू-भागका थोरै र बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित समय : ०६:५६ बजे


















