गृहपृष्ठ ताजा खबर
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जहाज खरिदको किस्तावापतको रु ४३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुई न्यारोबडी जहाजको असार महिनाको किस्तावापत पूरा र वाइडबडी जहाजको आंशिकगरी असार मसान्तसम्मको...
सुनील पौडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । विदेशस्थित बैंकमा खाता खोल्दा नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने व्यवस्थाविरुद्ध उनले सिङ्गापुरको युनाइटेड ओभरसिज बैंकमा खाता खोली अमेरिकी डलर ५८ हजार रुपैयाँ जम्मा गरेको पाइएपछि राजश्व अनुसन्धान विभागले बुधबार...
खानेपानीमन्त्री प्रदीप यादव तथा नेपालका लागि एसियाली विकास बैंक (एडिबी)का कन्ट्री डाइरेक्टर अर्नाउड कौकोइसबीच शिष्टाचार भेटघाट भएको छ । आज मन्त्रालयमा भएको भेटमा एडिबीको सहयोग र सहकार्यमा नेपालमा सञ्चालित विभिन्न खानेपानी सम्बन्धी कार्यक्रम तथा परियोजनाहरूको बारेमा छलफल भएको थियो ।...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८१ स्थानीय तहका विभिन्न व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ । आर्थिक वर्ष २०८/०८१ मा अख्तियारले ८१ स्थानीय तहका तत्कालीन अध्यक्ष, उपाध्यक्ष, मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, निमित्त प्रमुख प्रशासकीय अधिकृत, प्रशासन सहायक, वडाध्यक्ष, शव-इन्जिनियरसहितका पदमा कार्यरतलाई...
चैते धान खेतीमा कृषकको आकर्षण बढाउने उद्देश्यले पोखरा महानगरपालिकाले रु आठ लाख अनुदान सहयोग उपलब्ध गराएको छ । महानगरपालिकाले वडा नं १४, १५, २६ र २७ मा चैते धान प्रोत्साहन कार्यक्रमअन्तर्गत कृषकलाई प्रतिरोपनी रु नौ सयका दरले अनुदान उपलब्ध गराएको...
प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायात बीच नगदरहित भुक्तानी प्रणालीमा सहकार्य भएको छ । ट्याक्सी व्यवसायीहरुले कम्पनीको खाताबाट सहज रुपमा रकम झिक्न तथा आफ्नो खाताको पूर्ण जानकारी मोवाइल एप्लिकेशनबाटै प्राप्त गर्न सक्नेछन् । विभिन्न बैंक तथा वित्तीय संस्था तथा...
साउन ५ गते देशकै ठुलो साइकल जात्रा“कोरा २०२४“ को १४ औं संस्करण आयोजना हुँदैछ, जहाँ करिब ४,००० साइकल यात्रीले नेपालको १५ भन्दा बढी स्थानमा दुइलाखकिलोमिटर भन्दा बढी दुरी तय गर्नेछन्। हरेक वर्ष जस्तै यो वर्ष पनि साइकलयात्रीहरुले सामाजिक कामको लागि...
१० ठूला वाणिज्य बैंकहरुको अन्तर्राष्ट्रिय लेखापरीक्षणका लागि प्रस्ताव पेश गर्ने मिति १ महिना पछि सरेको छ। नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको अन्तर्राष्ट्रिय लेखापरीक्षणका लागि प्रस्ताव पेश गर्ने अवधि पुनः दोस्रो पटक थप गरेको हो। यस अघि देशका १० ठूला बैंकको...
सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड६ र जेड फ्लिप६को प्रि–अर्डर लिन सुरु गरेको छ। काठमाडौंस्थित मेरियट होटलमा एक कार्यक्रम गरी कम्पनीले उक्त दुई स्मार्टफोनको प्रिअर्डर खुलेको बताएको हो। गत असार २६मा दुवै फोनको ग्लोबल अनप्याक्ड गरिएको थियो। कार्यक्रममा सामसङ नेपालका प्रबन्ध...
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ८२ अर्ब निक्षेप संकलन भएको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार असार ३० मा बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ८२ अर्ब निक्षेप संकलन भएको हो। अघिल्लो दिन असार २९ गते ६४ खर्ब ७७ अर्ब...













