global ime bank Long Banner Ad

गृहपृष्ठ श्रृजनशील लघुवित्तको आइपीओ बुधबारबाट बिक्री खुला

श्रृजनशील लघुवित्तको आइपीओ बुधबारबाट बिक्री खुला

श्रृजनशील लघुवित्तको आइपीओ बुधबारबाट बिक्री खुला

श्रृजनशील लघुवित्तले सर्वसाधारणका लागि बुधबारबाट आइपीओ बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गर्नेछ । योमध्ये ५ प्रतिशत अथवा १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ०.५ अर्थात् ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

यस्तै, बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी, लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रकाशित समय : १२:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु