global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानन्यायाधीश नियुक्त गर्न प्रमुख तीन दलबीच सहमति

प्रधानन्यायाधीश नियुक्त गर्न प्रमुख तीन दलबीच सहमति

प्रधानन्यायाधीश नियुक्त गर्न प्रमुख तीन दलबीच सहमति

प्रमुख तीन दलबीच प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ । भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा सोमबार बसेको प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकले प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

उनका अनुसार शीर्ष नेताहरूको बैठकमा संवैधानिक परिषद् बैठक चाँडै बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको हो । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओलीबीच प्रधानन्याधीश सिफारिस गर्ने सहमति भएको हो ।

सभामुख देवराज घिमिरे र प्रमुख तीन दलका प्रमुख सचेतकसमेत सहभागी उक्त बैठकमा सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकका विषयमा पनि छलफल भएको लेखकले जानकारी दिए ।

प्रकाशित समय : १२:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु