nmb bank

गृहपृष्ठ एनआइसी एशिया बैंकमा ७० सेकेन्डमै अनलाइन खाता खोलेर सुदिक्षा थापाले जितिन् आइफोन-१२

एनआइसी एशिया बैंकमा ७० सेकेन्डमै अनलाइन खाता खोलेर सुदिक्षा थापाले जितिन् आइफोन-१२

एनआइसी एशिया बैंकमा ७० सेकेन्डमै अनलाइन खाता खोलेर सुदिक्षा थापाले जितिन् आइफोन-१२

एनआइसी एशिया बैंकले आयोजना गरेको Online Account Opening Challenge प्रतियोगिता अन्तर्गत सबैभन्दा कम समयमा अनलाइन खाता खोल्ने सर्लाहीकी सुदिक्षा थापाले आइफोन-१२ जित्न सफल भएकी छन् । २०७८ जेष्ठ २३ देखि असार १९ सम्म सञ्चालन भएको उक्त प्रतियोगितामा कुल १५८ जना योग्य सहभागीमध्ये सबैभन्दा कम अर्थात १ मिनेट १० सेकेन्डमै खाता खोली थापाले आइफोन-१२ जितेकी हुन् ।

उक्त योग्य सहभागीहरूले बैंकको वेबसाइटबाट खाता खोल्ने, अनलाइन खाताको स्टेप १ देखि सबमिटेड (Submitted) सम्मको प्रकृया देखिने गरी स्क्रीनसट सेयर गर्ने, प्रतियोगिता अवधिभर बैंकको आधिकारिक फेसबुक पेजमा रहेको Pinned पोष्टको कमेन्टमा Challenge Accepted लेखि आफ्ना ५ जना साथीहरूलाई Tag गरी उक्त Screenshot पोष्ट गर्ने,  Pinned पोष्टलाई आफ्नो टाइमलाइनमा #GharBataiOnlineKhata तथा #NICASIABANK उल्लेख गरी सार्वजनिक रुपमा सेयर गर्ने र यस बैंकको फेसबुक पेज र  पिन पोष्टलाई लाइक गरेपश्चात यस प्रतियोगितामा सहभागी भएका थिए ।

त्यसैगरी प्रतियोगिता अवधिभर कम समयमा अनलाइन खाता खोल्न शीर्ष-१० सहभागीले स्मार्टवाच जित्न सफल भएका छन् । जसमा रुपन्देहीकी मैना कँडेल, झापाका सौरभ दाहाल, काठमाडौंका दिनेश महर्जन, ललितपुरका युवराज तिवारी, बनेपाका राजु लामा, किर्तिपुरकी सीता श्रेष्ठ, डडेलधुराका सम्राट बम, दाङका कुल गिरी, गुल्मीका रविन श्रेष्ठ र पर्साका सरोज कार्की हुन् । साथै, प्रतियोगिता अवधिभर साप्ताहिक रुपमा सबैभन्दा कम समयमा सफलपूर्वक अनलाइन खाता खोल्दै पहिलो साता काठमाडौंकी अस्मिता खतिवडा तथा कञ्चनपुरका सुरज चन्द, दोस्रो साता काठमाडौंकी कुसुम तिवारी तथा धरानकी दिपशिका योगी, तेस्रो साता विरगंजकी प्रमिला चौधरी तथा महेन्द्रनगरकी प्रतिक्षा चन्द र चौथो साता सर्लाहीकी सुदिक्षा थापा (आईफोन–१२ विजेतासमेत) तथा अर्घाखाँचीका मोहम्मद अलीले स्मार्टवाच जितेका छन् ।

बैंकले सञ्चालनमा ल्याएको सहज अनलाइन खाता प्रक्रियाबाट यस प्रतियोगिता अवधिभर कुल ९ हजार भन्दा बढीले खाता खोलेकोमा १५८ जना मात्रै यस प्रतियोगितामा सहभागी जनाएका थिए । जसमा विजेता बनेका १८ जनाले न्यूनतम १ मिनेट १० सेकेन्ड देखि अधिकतम ३ मिनेट ९ सेकेन्ड लगाएर सफलपूर्वक अनलाइन खाता खोलेका थिए । यस प्रतियोगिताका सम्पूर्ण विजेताहरूले ७ दिनभित्र बैंकको आधिकारिक फेसबुक पेजमा सम्पर्क गरी आफ्नो पुरस्कार दावी गर्नुपर्ने बैंकले जनाएको छ । साथै आफ्नो खाताको हस्ताक्षर भेरिफिकेसनका लागि सक्कल नागरिकतासहित बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।

यस प्रतियोगितामा भएको उत्साहजनक सहभागीताबाट ग्राहकमा बैंकको अनलाइन खाता खोल्ने प्रक्रिया सहज र सरल रहेको स्थापित भएको छ । साथै ग्राहकलाई खाता खोल्नकै लागि शाखा कार्यालयसम्म धाउनुपर्ने अवस्थाबाटसमेत छुटकारा मिलेको छ ।

प्रकाशित समय : २०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु