गृहपृष्ठ काठमाडौं उपत्यका ‘कोरोना हब’ बन्दै ! एकैदिन ४५ जना संक्रमित थपिए
काठमाडौं उपत्यका ‘कोरोना हब’ बन्दै ! एकैदिन ४५ जना संक्रमित थपिए
केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमण फैलिने क्रम बढ्दो देखिएकाे छ । दिनानुदिन संक्रमित थपिँदै जाँदा उपत्यका कोरोनाको ‘हब’ बन्दै गइरहेकाे त छैन भन्ने त्रास बढेको छ ।
गत २४ घण्टाभित्र काठमाडाैँ उपत्यकामा थप ४५ जनामा काेराेनाभाइरसकाे संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । बिहीबारकाे नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले काठमाडाैँका ४१, ललितपुरका दुई र भक्तपुरका दुई जनामा संक्रमण भएकाे बताए ।
प्रवक्ता डा. गाैतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका २ तथा काठमाडौँका १९ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परिक्षणमा काठमाडाैँका १३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका ४ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी नेपाल प्रहरी अस्पतालमा गरिएकाे परीक्षणमा काठमाडौँका ३ जना र स्टार अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका २ तथा ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको हाे ।
प्रकाशित समय : ००:१४ बजे



















