global ime bank Long Banner Ad

गृहपृष्ठ ६ महिलालाई भारत लगेर बन्धक बनाउने पक्राउ

६ महिलालाई भारत लगेर बन्धक बनाउने पक्राउ

६ महिलालाई भारत लगेर बन्धक बनाउने पक्राउ

कुवेत, साउदी र इराकमा रोजगारीको अवसर छ भन्दै प्रलोभनमा पारी भारत लगेर ६ महिलालाई बन्धक बनाएको अभियोगमा दुई जनालाई प्रहरी प्रधान कार्यालय मावन बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरी धरान उपमहानगरपालिका ११ बस्ने खोटाङ राबाबेसी गाउँपालिका १ घर भएका ३९ वर्षीय पुष्प परियार र काठमाडौं महानगरपालिका २ लाजिम्पाट बस्ने दाङ घोराही उपमहानगरपालिका ९ घर भएका ५६ वर्षीय प्रविन शविन शाह रहेका छन् ।

उनीहरुले झापा, मोरङ र पर्वतबाट ६ जना महिलालाई प्रलोभनमा पारी २०७६ फागुन ३० गते नेपालगन्ज नाका हुँदै भारतको नयाँ दिल्ली पु-याई एउटा घरमा बन्धक बनाएर शारीरिक तथा मानसिक यातना दिएकोमा उक्त ब्युरो र शान्ति पुनःस्थापना केन्द्र नयाँ दिल्लीसमेतको सहयोगमा महिलाहरुको उद्धार गरी २०७७ आसार २१ गते काठमाडौं ल्याएर मनोपरामर्शपश्चात् आफन्तको जिम्मा लगाएको ब्युरोले जनाएको छ ।

साथै, उक्त घटनामा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा ब्युरोबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुउपर थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

प्रकाशित समय : ०३:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु