global ime bank Long Banner Ad

गृहपृष्ठ सानिमा बैंकको क्रेडिट कार्डका लागि अनलाइनबाटै आवेदन दिन मिल्ने

सानिमा बैंकको क्रेडिट कार्डका लागि अनलाइनबाटै आवेदन दिन मिल्ने

सानिमा बैंकको क्रेडिट कार्डका लागि अनलाइनबाटै आवेदन दिन मिल्ने

सानिमा बैंकले अनलाइनमार्फत क्रेडिट कार्डका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ । ग्राहकको सुविधा र सुरक्षालाई ध्यानमा राख्दै अनलाइनबाटै क्रेडिट कार्डका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।

ग्राहकले क्रेडिट कार्ड आवेदन दिनका लागि बैंकको वेबसाइटमा गएर ‘क्रेडिट कार्ड आवेदन’मा क्लिक गरी फारममा उल्लेखित आवश्यक विवरण भरी सरल रुपमा आवेदन दिन सक्नेछन् । फाराम भरेसँगै क्रेडिट कार्ड स्वीकृत भएको र कार्ड उपलब्ध गराइने समयसम्बन्धी जानकारी इमेल तथा फोनबाट गराउने बैंकले जनाएको छ । क्रेडिट कार्ड आवेदनका लागि बैंकसम्म भौतिक रुपमा पुग्नु नपर्ने भएकाले यो प्रक्रिया सरल, सुरक्षित हुनुका साथै समयको पनि बचत हुन्छ । सानिमा बैंकको क्रेडिट कार्ड प्रयोग गरी अनलाइन सपिङ गर्दा छुट प्राप्त गर्नुका साथै मासिक किस्तामा सामान खरिद गर्न सकिने जारी विज्ञप्तिमा उल्लेख छ ।

सानिमा बैंकले डिजिटल बैंकिङ प्रणालीलाई प्राथमिकता दिँदै समयानुकूल विभिन्न ग्राहकमैत्री सेवा तथा सुविधा परिस्कृत रुपमा उपलब्ध गराउँदै आएको छ । देशभर सानिमा बैंकका ८२ शाखा कार्यालय, १५ विस्तारित काउन्टर र ८१ एटीएम छन् ।

प्रकाशित समय : २३:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु