global ime bank Long Banner Ad

गृहपृष्ठ बहुप्राविधिक शिक्षालयका लागि डीपीआर तयार

बहुप्राविधिक शिक्षालयका लागि डीपीआर तयार

बहुप्राविधिक शिक्षालयका लागि डीपीआर तयार

भूमे गाउँपालिका –१ लुकुमस्थित सिद्धचौर माध्यमिक विद्यालयमा बन्न लागेको बहुप्राविधिक शिक्षालयको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ । जिल्लामा बन्न लागेको प्रदेशकै प्रतिष्ठित बहुप्राविधिक शिक्षालयको डीपीआर तयार भएको हो । प्राविधिक शिक्षालयको डीपीआरसँगै माटो जाँचको काम पनि सम्पन्न भएको छ ।

प्रदेश सरकारले डीपीआरका लागि दश लाख रूपैयाँ बजेट छुट्याएको थियो । डिपिआरको काम सम्पन्न भएसँगै बोलपत्र आह्वान गरेर शिक्षालय निर्माणको काम तीव्र रुपमा अगाडि बढाइने प्रदेशसभा सदस्य तेजबहादुर ओलीले बताए । काम सुरु गर्नका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा एक करोड रूपैयाँ बजेट छुट्याएको छ ।

शिक्षालयमा विद्यार्थीले छात्रावाससहितको सेवासुविधा पाउनेछन् । रुकुम (पूर्व), रुकुम (पश्चिम), रोल्पा र बागलुङलगायत आसपासका क्षेत्रलाई ध्यानमा राखेर लुकुममा उक्त शिक्षालय स्थापना गर्न लागिएको हो ।

प्रकाशित समय : २२:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु