global ime bank Long Banner Ad

गृहपृष्ठ कर्णाली प्रदेशसभाको बैठक भोलि बस्ने

कर्णाली प्रदेशसभाको बैठक भोलि बस्ने

कर्णाली प्रदेशसभाको बैठक भोलि बस्ने

कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्ने भएको छ । लामो समयदेखि अवरुद्ध प्रदेशसभाको बैठक भोलि बस्न लागेको हो । 

प्रदेशसभाको बैठक असार १२ गतेदेखि बस्न सकेको थिएन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले असार १२ गते बसेको कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १८औँ प्रदेशसभा बैठक अवरोध गरेयता सदन स्थगित हुँदै आएको छ । 

आगामी आव २०७९÷८० को बजेटमा असन्तुष्टि जनाएको एमालेले सत्तापक्षसँग यसअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै विरोध जनाएको छ । प्रतिपक्षी दलले यसअघि भएको सात बुँदे माग अघि सारेको छ । उक्त सात बुँदे माग पूरा नगरेको भन्दै प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ । सभामुख राजबहादुर शाहीले बैठक सञ्चालनका लागि सत्ता साझेदार दलका नेता र प्रतिपक्षी दलबीच पटक–पटक बैठक बसाउँदा पनि सहमति जुट्न सकेको थिएन ।

सभामुख राजबहादुर शाहीले भोलि बिहान सर्वदलीय बैठक बस्ने र दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाइएको जानकारी दिए । ‘भोलि दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ उक्त बैठक बस्नुअघि सर्वदलीय बैठक बस्छ,’ उनले भने । 

प्रकाशित समय : २३:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु