गृहपृष्ठ पेरूमा संक्रमितको संख्या ७० प्रतिशतले वृद्धि
पेरूमा संक्रमितको संख्या ७० प्रतिशतले वृद्धि
पेरुमा कोरोना भाइरसबाट संक्रमितहरूको संख्या ७० प्रतिशतले वृद्धि भएको छ । सरकारी अधिकारीहरूले आइतबार दिएको जानकारीअनुसार पछिल्लो हप्ता पेरुमा १७ हजार ८४१ जना संक्रमित भएका छन् । यो संख्या अघिल्लो हप्ताको भन्दा ७० प्रतिशतले बढी भएको जनाइएको छ ।
दक्षिण अमेरिकी यस मुलुकमा कोरोना भाइरसबाट अहिलेसम्म ३६ लाख ३४ हजार ९१८ जना संक्रमित भएका छन् । त्यसैगरी, अहिलेसम्म दुई लाख १३ हजार ५४५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।
स्वास्थ्य मन्त्रालयले ३० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिहरू बढी प्रभावित भएको देखिएको जनाएको छ ।
पेरुमा अहिलेसम्म सात करोड ८० लाखभन्दा बढी खोप लगाइसकिएको छ । दुई करोड ७० लाखभन्दा बढीले खोपको दुवै मात्रा लगाएका छन् ।
त्यसैगरी, एक करोड ८० लाखभन्दा बढीले कोभिडविरूद्धको खोपको तेस्रो मात्रा लगाएका छन् भने २० लाखभन्दा बढीले चौथो मात्रा पनि लगाएका छन् ।
प्रकाशित समय : ०२:३१ बजे

















