गृहपृष्ठ नेपालमा थपिए ४० जना कोरोना संक्रमित
नेपालमा थपिए ४० जना कोरोना संक्रमित
नेपालमा पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १० जनामा गरिएको नमुना परीक्षणमा आरटी पीसीआर विधिमार्फत् ३४ जना र एन्टिजेन विधिमार्फत् थप ६ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका सँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ३४८ पुगेको छ । पछिल्लो २४ घण्टामा १९ जना संक्रमित निको भएका छन् ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन ।
प्रकाशित समय : २३:१८ बजे



















