global ime bank Long Banner Ad

गृहपृष्ठ इमाइल डाेजाङद्वारा जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना ज्ञापन

इमाइल डाेजाङद्वारा जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना ज्ञापन

इमाइल डाेजाङद्वारा जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना ज्ञापन

काठमाडाैं-३१, शान्तिनगरस्थित इमाइल तेक्वान्दाे डाेजाङले वडाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना ज्ञापन गरेकाे छ । डाेजाङले ३१ नम्बर वडाका जनप्रतिनिधिहरूकाे सम्मानमा शनिबार कार्यक्रम आयाेजना गरी बधाई एवं सफल कार्यकालकाे शुभकामना दिएकाे हाे ।

स्थानीय निर्वाचनमार्फत वडामा वडाध्यक्ष सराेज ढकाल, वडा सदस्यहरू अशाेक केसी, अप्सरा सञ्जेल, हुमादेवी आचार्य र सान्नानी मिजार निर्वाचित भएका छन् । वडा अध्यक्ष ढकालले इमाइल डाेजाङलाई आगामी दिनमा आर्थिक, भाैतिक लगायतका सक्दाे सहयाेग गर्ने प्रतिवद्धता जनाए । त्यसैगरी बागमती प्रदेश सभा सदस्य राजेन्द्र गुरूङले हरेक खेल स्वास्थ्यका लागि लाभदायक भएकाे उल्लेख गर्दै खेलकुदले खेलाडी स्वयंकाे मात्र नभएर देशकै नाम उच्च राख्न सक्ने बताए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदकाे तालिम तथा राष्ट्रिय टिम तयारी निर्देशक महेन्द्र राई, जिल्ला तेक्वान्दो संघ काठमाडाैंका संस्थापक अध्यक्ष कविराज खड्गी, बागमती तेक्वान्दाे संघका सदस्य, जिल्ला तेक्वान्दो संघ काठमाडाैंका सचिव गणेश तामाङकाे पनि उपस्थिति थियाे । उनीहरूले अनुशासनकाे पालना गर्दै उच्च मनाेबलका साथ खेललाई निरन्तरता दिन खेलाडीहरूले सुझाव दिए ।

साे अवसरमा विभिन्न ग्रेडिङ उत्तीर्ण गरेका खेलाडीहरूलाई प्रमाणपत्रसमेत प्रदान गरिएकाे डाेजाङका प्रशिक्षक एवं तेक्वान्दाेका अन्तर्राष्ट्रिय निर्णायक विश्वराज राईले जानकारी दिए ।

प्रकाशित समय : ०२:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु