global ime bank Long Banner Ad

गृहपृष्ठ कुरियर सेवामा अस्वस्थ प्रतिस्पर्धा रोक्न न्यूनतम शुल्क निर्धारण

कुरियर सेवामा अस्वस्थ प्रतिस्पर्धा रोक्न न्यूनतम शुल्क निर्धारण

कुरियर सेवामा अस्वस्थ प्रतिस्पर्धा रोक्न न्यूनतम शुल्क निर्धारण

कुरियर सेवामा अस्वस्थ प्रतिस्पर्धा रोक्न न्यूनतम शुल्क निर्धारण गर्ने सहमति भएको छ । कुरियर व्यवसायीहरुको छाता संगठन नेपाल कुरियर सेवा संघले सबै कुरियर कम्पनीहरुसँग सम्झौता गरी न्यूनतम शुल्क निर्धारण गरेको हो ।

संघका अनुसार अब कुरियर व्यवसायीहरुले प्रतिकेजी ३० रुपैयाँ तथा प्रतिडकुमेन्ट न्यूनतम २५ रुपैयाँ मात्र लिन पाउनेछन् । यसभन्दा कम दररेटमा सेवा प्रवाह गर्ने कुरियर कम्पनीहरुलाई संघले कारबाहीको प्रक्रिया अघि बढाउने संघका महासचिव राजकुमार सामरीले जानकारी दिए ।

महासचिव सामरीका अनुसार व्यवसायीहरुबीच बृहत् छलफल र कानुन व्यवसायीहरुको सल्लाह लिएर कुरियर सेवा संघ र कुरियर सेवा प्रदायक कम्पनीहरुबीच न्यूनतम शुल्क लागु गर्नेसम्बन्धी सम्झौताको मस्यौदा गरिएको छ ।

कुरियर कम्पनीहरुले संघमा ५० हजार रुपैयाँ धरौटी राख्नुपर्ने र सम्झौता उल्लंघन गरेको पाइएमा २५ हजार रुपैयाँसम्म जरिबाना गर्ने सम्झौतामा उल्लेख गरिएको छ । व्यवसायीले न्यूनतम शुल्कको सम्झौता पालना गरे नगरेको अनुगमन संघले गर्ने जनाइएको छ ।

संघले तय गरेको न्यूनतम दररेटभन्दा कम दररेटमा बजारमा बुकिङ गरेको प्रमाणित भएमा कुरियरका मेलब्याग बोक्ने लोजिस्टिक कम्पनीहरुलाई अनुरोध गरि मेलब्याग ल्याउने,पुर्‍याउने सेवा बन्द गरिने सम्झौतामा उल्लेख छ ।

न्यूनतम शुल्क लागु नगर्ने कम्पनीलाई कालोसूचीमा राख्ने तथा विभिन्न शाखामा हुने डेलिभरीलाईसमेत रोक लगाइने जनाइएको छ ।

‘आन्तरिक तथा बाह्य कुरियर सेवा प्रदान गर्ने र यस व्यवसायलाई विश्वसनीय तथा व्यवस्थित बनाउने उद्देश्यले हामीले आन्तरिक रुपमा सम्झौता गरेका हौँ,’ संघका अध्यक्ष देवेन्द्र खड्काले भने, ‘यसबाट कुरियर व्यवसायमा अस्वस्थ प्रतिस्पर्धाको अन्त्य भइ विकृति नियन्त्रण हुने अपेक्षा छ ।’ 

प्रकाशित समय : २१:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु