global ime bank Long Banner Ad

गृहपृष्ठ कर्मचारी महासंघको अध्यक्षमा श्रेष्ठ

कर्मचारी महासंघको अध्यक्षमा श्रेष्ठ

कर्मचारी महासंघको अध्यक्षमा श्रेष्ठ

सत्तारुढ नेकपा (माओवादी केन्द्र) सम्बद्ध नेपाल राष्ट्रिय कर्मचारी महासंघको अध्यक्षमा मणिरत्न श्रेष्ठ चयन भएका छन् । राजधानीमा शनिबारदेखि जारी केन्द्रीय समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । यस्तै महासचिवमा प्रेम खनाल चयन भएका छन् ।

महासंघले आगामी माघमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । महासंघको कुल १५५ सदस्यीय केन्द्रीय समिति रहेको छ । स्थानीय र प्रदेश समिति पनि छिट्टै चयन गर्ने महासंघले जनाएको छ ।

आज बिहान मात्रै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै कर्मचारीलाई देश र जनताको हितमा काम गर्न निर्देशन दिएका थिए । उाले संघीय निजामती विधेयक पारित हुन नदिन निजामती कर्मचारीभित्रैको उच्च नेतृत्व लागिपरेकाले त्यसकाविरुद्ध संघर्ष गर्न आग्रह गरेका थिए ।

महासंघका फ्याक्सन इञ्चार्जसमेत रहेकी ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले  देश र जनताको हित र भलो चिताइ आफ्नो भूमिका इमान्दार भएर निर्वाह गर्न कर्मचारीलाई निर्देशन दिइन् । देशभरका कर्मचारीको ट्रेड युनियनमध्ये महासंघ पनि एक हो । 

प्रकाशित समय : २३:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु