nmb bank

गृहपृष्ठ छुट्टाछुट्टै स्थानमा सात जना मृत अवस्थामा फेला 

छुट्टाछुट्टै स्थानमा सात जना मृत अवस्थामा फेला 

छुट्टाछुट्टै स्थानमा सात जना मृत अवस्थामा फेला 

सुनसरी, नवलपरासी (पश्चिम), सप्तरी, नवलपरासी (पूर्व), रुपन्देही, मकवानपुर र तनहुँमा सात जना मृत अवस्थामा फेला परेका छन् । 

सुनसरीको कोसी गाउँपालिका–८ स्थित कोसी नदीको किनारामा रामधुनी नगरपालिका–१ बस्ने ६६ वर्षीय परशुराम खड्का आइतबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी(पश्चिम)को सुनवल नगरपालिका–१० भुजुवा टोलस्थित तुरिया खोलाको बगरमा सोही नगरपालिका–३ बस्ने ५५ वर्षीय दीपक भुषाल शनिबार मृत अवस्थामा फेला परेका छन् ।  

सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौना चोकस्थित ना६ख ३३७२ नम्बरको ट्रकभित्र सुतिरहेका सोही ट्रकका चालक सुनसरी रामधुनि ननगरपालिका–२ झुम्का बस्ने ४० वर्षीय बसन्त चौधरी शनिबार मृत अवस्थामा फेला परेका छन् । 

नवलपरासी(पूर्व)को देवचुली नगरपालिका–९ मिलनटोलस्थित मकैबारीमा कावासोती नागरपालिका–१२ बस्ने ६२ वर्षीय रुपबहादुर बिक शनिबार मृत अवस्थामा फेला परेका छन् । 

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ स्थित निर्माणधिन घर नजिक सडक छेउमा घर बनाउने लेवर काम गर्ने बर्दिया राजापुर नगरपालिका–२ घर भएका ३० वर्षीय तुल्सीराम थारु आइतबार मृत अवस्थामा फेला परेका छन् । 

मकवानपुरको भिमफेदी गाउँपालिका–८ महादेवटारस्थित पाँचचर सामुदायिक जंगलमा हाल पहिचान नखुलेका पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । 

तनहुँको आबुखैरेनी गाउँपालिका–२ मार्की चोकस्थित मर्स्याङ्दी नदीको ड्याममा हाल पहिचान नखुलेका करिब ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । 

सबै घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय : २१:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु