nmb bank

गृहपृष्ठ मन्त्री हेरफेरको निर्णय कार्यान्वयन हुन्छ : प्रधानमन्त्री देउवा

मन्त्री हेरफेरको निर्णय कार्यान्वयन हुन्छ : प्रधानमन्त्री देउवा

मन्त्री हेरफेरको निर्णय कार्यान्वयन हुन्छ : प्रधानमन्त्री देउवा

नेकपा (एकीकृत समाजवादी)ले आफूहरुले गरेको मन्त्री हेरफेरको निर्णय चाडो कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कुरा राखिएको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । 

‘मन्त्रिपरिषद्‍मा हाम्रो टिमबारे कुराकानी भयो । हामीले निर्णय गरिसकेका छौँ । तुरुन्तै कार्यान्वयन गर्नुुस् । अब हामी पर्खिने अवस्थामा छैनौँ भनेर हामीले प्रधानमन्त्रीलाई भन्यौँ,’ उनले भने,‘उहाँले तपाईंहरुको निर्णयबारे पत्र आइसकेको छ । कार्यान्वयन गर्छु भन्नुभएको छ ।’

एकीकृत समाजवादीले केही हप्ताअघि नै मन्त्रीहरु फेर्ने निर्णय गरेको थियो । तर, प्रधानमन्त्रीले त्यसको कार्यान्वनमा रुचि देखाएका छैनन् । सो निर्णय कार्यान्वयन भए अन्य पार्टीभित्र पनि अप्ठ्यारो निम्तिने नेताहरुले बताउँदै आएका छन् । 

त्यसैगरी, आजको बैठकमा अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)बारे पनि छलफल भएको खनालले जानकारी दिए । एसपीपीबारे सर्वदलीय बैठक छिट्टै बोलाऔँ भन्ने प्रस्ताव आएको पनि उनले बताए । 

प्रकाशित समय : २०:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु