global ime bank Long Banner Ad

गृहपृष्ठ राजनीतिक दबाब झेल्न नसक्दा राजस्व अनुसन्धान विभागका महानिर्देशक पौडेलको सरुवा

राजनीतिक दबाब झेल्न नसक्दा राजस्व अनुसन्धान विभागका महानिर्देशक पौडेलको सरुवा

राजनीतिक दबाब झेल्न नसक्दा राजस्व अनुसन्धान विभागका महानिर्देशक पौडेलको सरुवा

सरकारले राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलको सरुवा गरेको छ । विभागबाट सरुवा गरेर पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ । विभागमा भने सहसचिव झलकराम अधिकारीलाई ल्याउने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले बतायो ।

विभागमा विचाराधिन केही मुद्दामा राजनीतिक दवाव परेपछि उनी आफैं विभागबाट सरुवा हुन पहल गरेका थिए । त्यसपछि ८ महिनामै विभागको महानिर्देशक परिवर्तन गरिएको स्रोतको भनाइ छ ।

पौडेलको पालामा महान्यायाधीवक्ताको असहमतीको बाबजुद बोटलर्स नेपालको कर छली प्रकरणमा मुद्दा दायर भएको थियो । महानिर्देशक पौडेलले विभागबाट विदा हुनुअघि विज्ञप्ति जारी गरेर बहुराष्ट्रिय कम्पनीहरुको पुँजीगत लाभकर छली, नक्कली अन्तःशुल्क स्टिकर, क्रिप्टोकरेन्सी जस्ता कर छलीका विषयमा अनुसन्धान केन्द्रित गरिएको जनाए ।

उनले विभागमा संस्थागत सुधारका क्रममा डिजिटल फरेन्सिक ल्याबको समेत सहयोगमा अनुसन्धानलाई बलियो बनाउन खोजिएको दावी गरेका छन् ।

प्रकाशित समय : १५:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु