गृहपृष्ठ सेयर कारोबार अब हप्ताकाे ६ दिन
सेयर कारोबार अब हप्ताकाे ६ दिन
सेयर बजार अब हप्ताकाे ६ दिन सञ्चालन हुने भएको छ । सरकारले दुई दिन सार्वजनिक बिदा घोषणा गरेपछि जेठबाट आइतबार बन्द हुने कारोबार शुक्रबार खुल्न थालेको थियो ।
यसअघि भने आइतबारदेखि बिहीबारसम्म गरी कारोबार ५ दिन मात्र चल्ने गरेको थियो । सरकारले आइतबारको सार्वजनिक बिदा हटाएका कारण अब ६ दिन नै सेयर कारोबार हुने नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएकाे छ । नेप्सेका सूचना अधिकारी मुरारी पराजुलीका अनुसार आइतबारदेखि बिहीबारसम्म साविककै समय ११-३ बजेसम्म काराेबार हुने र शुक्रबार भने १ बजे बजार बन्द हुने छ ।
लगानीकर्ताले कारोबार ६ दिन नै सञ्चालन गर्न लामो समयदेखि माग गरिरहेका थिए ।
प्रकाशित समय : २०:१६ बजे



















