काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

भारतमा कोरोना संक्रमण करिब ४१ प्रतिशतले वृद्धि

7.03K
shares

भारतमा बुधबार मध्यराति अर्थात २४ घण्टाको समयावधिमा थप ७ हजार २४० कोरोना संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । 

सोमबाार तुलना मंगलबार कोरोना संक्रमण ४१ प्रतिशतले वृद्धि भएको थियो । गत मंगलबारबाट महाराष्ट्र राज्यमा कोरोना संक्रमण वृद्धिदर बढेको पाइएको छ । बुधबार साँझसम्म महाराष्ट्रमा दैनिक संक्रमण दुई हजार ७०१ जनामा देखिएको थियो ।    
  
हाल भारतमा कोरोनाका सक्रिय संक्रमित सङ्ख्या ३२ हजार ८९८ रहेका छन् । सक्रिय संक्रमितको यो सङ्ख्या भारतमा हालसम्म भएका कोरोना संक्रमितको ०.०८ प्रतिशत भएको जनाइएको छ । 

बुधबार मध्यरातिसम्म अर्थात् २४ घण्टाको समयावधिमा तीन हजार ३९१ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाको कुल सङ्ख्या चार करोड २६ लाख ४० हजार ३०१ पुगेको छ । अहिले निको हुने दर ९८.७१ प्रतिशत रहेको छ । 

भारतमा कोरोना सुरु भएदेखि हालसम्म कुल ८५ करोड ३८ लाख परीक्षण भएको छ ।

 भारतमा सन् २०२१ जनवरीदेखि राष्ट्रव्यापी खोप अभियान सुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९४ करोड ५९ लाख ८१ हजार ६९१ हजार खोप लगाइएको छ ।