nmb bank

गृहपृष्ठ नवदुर्गा मन्दिरमा दर्शनार्थीको घुइँचो

नवदुर्गा मन्दिरमा दर्शनार्थीको घुइँचो

नवदुर्गा मन्दिरमा दर्शनार्थीको घुइँचो

सिथि नखः पर्वको अवसरमा आज भक्तपुर गछेंस्थित नवदुर्गा मन्दिरमा दर्शनार्थीको मेला लागेको छ । प्रत्येक वर्ष जेष्ठ शुक्ल पक्ष कुमार षष्ठीका दिन मन्दिरमा मेला लाग्ने गर्दछ । सर्वसाधारण भक्तजनको सुबिधाका लागि बिहान ५ बजेदेखि ढोका खुला गरिएको नवदुर्गा जात्रा व्यवस्थापन संस्थाका सचिव रत्नमान वनमालाले जानकारी दिए ।

आजको दिन बिहानै नुहाइधुवाई गरी चोखो लुगा लगाएर भगवान् कुमारको पूजा-आराधना गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको बारा, चतामरी, नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी), आरुबखडा, काँक्रोलगायतका पकवान नवदुर्गा भवानीलाई चढाउने परम्परा छ ।

भगवान् कुमारको जन्मदिनसमेत भएकाले आजको दिन नेवार समुदाय कुमार र नवदुर्गा गणको पूजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष बारा र म्हुछ्यामढीसमेत खाने गरिन्छ । साथै चटामरी, पापड, गहुँको मालपुवालगायतका पकवान खाने चलनसमेत छ ।

अनादीकालदेखि मानिँदै आएको नवदुर्गा भवानीलाई आजको दिन भक्तपुर र मध्यपुरथिमी नगरका प्रत्येक घरधुरीले पूजा चढाउने परम्परा छ । आजको दिन नेवार समुदायमा नुहाउनाले वर्षा फाप्ने जनविश्वास छ ।

प्रकाशित समय : १३:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु