गृहपृष्ठ गुराँस लाइफ इन्स्योरेन्स १५ वर्षमा
गुराँस लाइफ इन्स्योरेन्स १५ वर्षमा
गुराँस लाइफ इन्स्योरेन्स चौधौं वर्ष पूरा गरी पन्ध्रौैं वर्षमा प्रवेश गरेको छ । आफ्नो वार्षिककोत्सवको अवसरमा गुराँस लाइफ इन्स्योरेन्सले अहिलेसम्म निरन्तर यात्रामा सहयात्री भई साथ दिने सबैप्रति धन्यवाद व्यक्त गरेको छ ।
सबैको समर्थन, निरन्तर सहयोग, विश्वास र उत्प्रेरणाले नै अहिलेको उचाइमा पुग्न सफल भएको कम्पनीले उल्लेख गरेको छ । ‘श्रद्धेय बीमितहरु, अभिकर्ता ज्यूहरु, ग्राहक महानुभावहरु, शेयरधनी, नियामक निकायहरु एवं साझेदार संस्थाहरु तथा शुभचिन्तकहरुमा हार्दिक धन्यवाद तथा हार्दिक आभार प्रकट गर्दछौं,’ वार्षिकोत्सवको अवसरमा कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस अवधिमा हाम्रो कम्पनीले हासिल गरेको उन्नति प्रगतिकै फलस्वरुप जीवन बिमा बजारमा सशक्त र स्थापित कम्पनीको रुपमा रहेकोमा हामी गौरवान्वित छौं ।’
आगामी दिनमा समेत जीवन बिमाको व्यवसायमा अझ क्रियाशील भइ सुदृढ र स्तरीय सेवा प्रदान गर्दै बीमितहरुको सर्वोपरि हितका लागि समर्पित रहने कम्पनीले प्रण गरेको छ ।
प्रकाशित समय : ००:३६ बजे



















