गृहपृष्ठ तारा एयरको जहाज दुर्घटनाको खबरले मर्माहत बनाएको छ : ओली 

तारा एयरको जहाज दुर्घटनाको खबरले मर्माहत बनाएको छ : ओली 

तारा एयरको जहाज दुर्घटनाको खबरले मर्माहत बनाएको छ : ओली 

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तारा एयरको जहाज दुर्घटनाको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन् । 

‘पोखराबाट जोमसोमका लागि १९ जना यात्रु लिएर उडेको तारा एयरको (९ एएनईटी) विमान मुस्ताङको थसाङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको खबरले अत्यन्त मर्माहत बनाएको छ,’ ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् भनेका छन् । 

तारा एयरको जहाज आइतबार बिहान पोखराबाट जोमसोम जाने क्रममा सम्पर्कविहीन बनेको थियो । जहाज आज बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित सबै २२ जना यात्रुको मृत्यु भएको छ । 

‘दुर्घटनामा ज्यान गुमाउनुभएका सबैमा भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै विपत्तिमा परेका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ ओलीले भनेका छन् ।

प्रकाशित समय : २३:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु