global ime bank Long Banner Ad

गृहपृष्ठ ‘द भ्वाइस अफ नेपाल सिजन-४’को टाइटल स्पोन्सरमा बजाज पल्सर

‘द भ्वाइस अफ नेपाल सिजन-४’को टाइटल स्पोन्सरमा बजाज पल्सर

‘द भ्वाइस अफ नेपाल सिजन-४’को टाइटल स्पोन्सरमा बजाज पल्सर

नेपालको नम्बर एक गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन-४ को टाइटल स्पोन्सरमा अग्रणी दुईपांग्रे सवारी ब्राण्ड ‘बजाज पल्सर’ अनुबन्ध भएको छ ।

बिहीबार काठमाडाैंमा आयोजित कार्यक्रममा बजाज पल्सरका तर्फबाट गोल्छा ग्रुपका प्रबन्ध निर्देशक अभिमन्यू गोल्छा र भ्वाइस अफ नेपालका तर्फबाट हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल एवं कार्यकारी निर्देशक श्याम कडेलबीच टाइटल स्पोन्सरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

टाइटल स्पोन्सरका रुपमा अनुबन्ध भएसँगै द भ्वाइस अफ नेपालको यो श्रृंखलालाई ‘बजाज पल्सर प्रिजेन्ट्स द भ्वाइस अफ नेपाल सिजन ४’ का रुपमा उल्लेख गरिनेछ । नेपालको युवापुस्तामा अति नै लोकप्रिय भ्वाइस अफ नेपालको टाइटल स्पोन्सरमा अनुबन्ध हुन पाउनु पल्सरका लागि गौरवको विषय भएको गोल्छा ग्रुपका प्रबन्ध निर्देशक अभिमन्यू गोल्छाले बताए । पल्सर पनि युवापुस्ताको ब्राण्ड भएकाले भ्वाइस र पल्सरबीचको सहकार्य अर्थपूर्ण रहेको उनले बताए ।

कार्यक्रममा हिमालय टेलिभिजनका अध्यक्ष भुसालले बजाज पल्सरलाई टाइटल स्पोन्सरका रुपमा पाउनु भ्वाइस अफ नेपाल र हिमालय टेलिभिजनका लागि महत्वपूर्ण रहेको बताए । नेपाली गीतसंगीत क्षेत्रको प्रवर्द्धन एवं नयाँ प्रतिभाहरुको खोजीमा दुईवटा ब्राण्डको सहकार्यले दीघकालीन अर्थ राख्ने उनले विश्वास व्यक्त गरे ।

हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको द भ्वाइस अफ नेपाल देशकै सबैभन्दा धेरै दर्शक भएको नम्बर एक रियालिटी शो हो । चौथो सिजनका लागि डिजिटल अडिसन सुरु भइसकेको छ, जहाँ अहिलेसम्म हजारौं प्रतिभाहरुले द भ्वाइस अफ नेपाल सिजन-४ को उपाधि जित्ने आकांक्षासहित आवेदन दिइसकेका छन् । अबको दुई साताभित्र डिजिटल अडिसन बन्द भई कार्यक्रम उत्पादनको तयारी तीव्र पारिने टेलिभिजनका कार्यकारी निर्देशक कडेलले जानकारी दिए ।

डिजिटल अडिसनमा सहभागी प्रतिभाहरुको थप परीक्षण र छनाेटपछि कुल १२० जना प्रतिभाले कोचका अगाडि ब्लाइन्ड अडिसनमा प्रस्तुति दिन पाउने छन् । ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुनेछ । छानिएका ६४ जना प्रतिभा ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रम आगामी साउनदेखि हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ ।

प्रकाशित समय : ००:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु