global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रियसभाअन्तर्गतका समितिमा सदस्य मनोनयन

राष्ट्रियसभाअन्तर्गतका समितिमा सदस्य मनोनयन

राष्ट्रियसभाअन्तर्गतका समितिमा सदस्य मनोनयन

राष्ट्रियसभाको आजको बैठकले राष्ट्रियसभाअन्तर्गतका विभिन्न विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयन गरेको छ ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त नामावलीलाई मनोनयनका लागि प्रस्ताव प्रस्तुत गरेका थिए । मनोनयनअनुसार दिगो विकास तथा सुशासन समितिमा सांसद्हरु कमलादेवी पन्त, कृष्णप्रसाद पौडेल, नारायणप्रसाद दाहाल, तुलप्रसाद विश्वकर्मा र सोनाम गेल्जेन शेर्पा रहेका छन् ।

त्यस्तै, विधायन व्यवस्थापन समितिमा सांसद्हरु नारायणदत्त मिश्र, भुवनबहादुर सुनार, सुरेशकुमार आलेमगर र उदयबहादुर बोहरा रहेका छन् ।

बैठकले प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सांसद्हरु युवराज शर्मा, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, गोमादेवी तिमल्सिना, मदनकुमारी शाह (गरिमा), नरबहादुर विष्ट र मोहम्मद खालिद रहेका छन् ।

त्यसैगरी, राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सांसद्हरु दुर्गा गुरुङ, जगतबहादुर पार्की, जयन्तीदेवी राई र राजेन्द्रलक्ष्मी गैरे छन् ।

राष्ट्रियसभाबाट संसदीय सुनुवाइ समितिमा खिमलाल भट्टराईलाई र सोही नियमावलीको नियम २७ को उपनियम (२) बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा अनिता देवकोटा, देवेन्द्र दाहाल र गोपीबहादुर सार्की (अछामी)लाई पठाइएको छ ।
 

प्रकाशित समय : ००:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु