गृहपृष्ठ जनप्रतिनिधिलाई सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन
जनप्रतिनिधिलाई सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन
नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तहमा निर्वाचित आफ्ना नेतालाई यही जेठ १७ गतेभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । पार्टीका महासचिव डा. बेदुराम भुसालद्वारा आज जारी विज्ञप्तिमा जनप्रतिनिधिलाई निर्धारित समयमा आआफ्नो सम्पत्ति विरण सार्वजनिक गर्न निर्देशन दिइएकाे छ ।
विज्ञप्तिमा अनियमितता र भ्रष्टाचारमुक्त भई सरल जीवनशैली र असल आचरण अवलम्बन गर्न पनि भनिएको छ । पार्टीको निर्णय र निर्देशनको पालना गर्न आग्रह गरिएको विज्ञप्तिमा जनताको हितलाई केन्द्रबिन्दुमा राखेर निर्वाचनमा जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न सुझाइएको छ ।
विज्ञप्तिमा ऐन तथा कानुनको परिधिमा रहेर इमान्दारिता र कर्तव्यनिष्ठापूर्वक मुलुक र जनताको हितमा कार्यसम्पादन गर्न र निजी स्वार्थबाट टाढा रहन निर्देशन दिइएको छ ।
प्रकाशित समय : ०१:०७ बजे


















