skip this prabhu bank contant

गृहपृष्ठ ओलीको ब्रिफिङ : चुनावमा धाँधली भयो, आफ्नै नेता कार्यकर्ताले पनि भोट दिएनन् 

ओलीको ब्रिफिङ : चुनावमा धाँधली भयो, आफ्नै नेता कार्यकर्ताले पनि भोट दिएनन् 

ओलीको ब्रिफिङ : चुनावमा धाँधली भयो, आफ्नै नेता कार्यकर्ताले पनि भोट दिएनन् 

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा धाँधली भएको बताएका छन् ।  नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा बुधबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले चुनावमा धाँधली भएको ब्रिफिङ गरेका एमाले सांसद शेरबहादुर तामाङले जानकारी दिए । 

एमालेकै नेता तथा कार्यकर्ताले पनि आफ्ना उम्मेदवारलाई मत नदिएको बैठकको निष्कर्ष छ । ‘प्रमुखबाहेकमा एमालेले जितेको छ । तर, प्रमुखमा भोट हालेको देखिएन,’ तामाङले भने, ‘एमालेकै नेता कार्यकर्ताले पनि आफ्नै पार्टीका प्रमुख पदमा उम्मेदवारीलाई  नहाल्ने व्यवहार देखियो ।’

के कारणले प्रमुख पदका उम्मेदवारलाई आफ्नै नेता कार्यकर्ताले भोट नदिएका विषयमा तल्लो कमिटीबाट कारण पत्ता लगाउन पत्राचारसमेत गरिएको उनले जानकारी दिए । 

संघीय संसदमा मंगलबार प्रस्तुत गरिएको  गरेको नीति तथा कार्यक्रममा नयाँ कुरा नआएको एमालेले दोहोर्‍याएको छ । 

प्रकाशित समय : २३:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु