global ime bank Long Banner Ad

गृहपृष्ठ ‘२३ हजार ५९१ जनालाई जग्गाधनी प्रमाण पुर्जा दिइयो’

‘२३ हजार ५९१ जनालाई जग्गाधनी प्रमाण पुर्जा दिइयो’

‘२३ हजार ५९१ जनालाई जग्गाधनी प्रमाण पुर्जा दिइयो’

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले २३ हजार ५९१ जना नागरिकलाई जग्गाधनी प्रमाण पुर्जा दिएको बताएकी छन् । विभिन्‍न कारणले जग्गा धनी प्रमाण पुर्जा नभएका नागरिकहरूलाई सरकारले पुर्जा दिएको राष्ट्रपति भण्डारीले बताएकी हुन् ।

भूमिहीन र सुकुमबासी नागरिकहरूलाई सरकारले स्थानीय तह निर्वाचनअघि पुर्जा उपलब्ध गराएको थियो । राष्ट्रपति भण्डारीले यसै आर्थिक वर्षभित्रै दिगो विकासका लक्ष्य प्राप्त गर्ने र देशलाई मध्य आय भएको मुलुकमा पुर्‍याउने सरकारको लक्ष्य रहेको पनि बताएकी छन् । सन् २०२६ सम्ममा अति कम विकासोन्मुक मुलुकबाट स्तरोन्नति गरिने र त्यसका लागि ठोस योजना कार्यान्वयमा ल्याइने उनको भनाइ छ ।

यस्तै, कोभिड महामारीको बेला असहज परिस्थितिका कारण अर्थतन्त्रको बाह्य क्षेत्रमा चाप परेको तर विस्तारै विप्रेषण र पर्यटन आयमा सुधार हुँदै गएको राष्ट्रपति भण्डारीको दाबी छ । अब क्रमशः आर्थिक संरचनाहरूलाई सबल बनाउँदै संकटग्रस्तजस्तै बनेको अर्थतन्त्रलाई सबलीकरण गर्नुपर्नेमा उनको जोड छ ।

प्रकाशित समय : २२:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु