गृहपृष्ठ भरतपुरमा रेनुको मत ५० हजार नाघ्यो, मतगणना नसकिँदै जित सुनिश्चित
भरतपुरमा रेनुको मत ५० हजार नाघ्यो, मतगणना नसकिँदै जित सुनिश्चित

भरतपुर महानगरपालिकामा मेयर र उपमेयर दुवै पदमा सत्तारूढ गठबन्धनका उम्मेदवार निकै फराकिलो मतान्तरले अग्रता लिइरहेका छन् । भरतपुरमा अब ३ हजार जति मत गन्न बाँकी छ । गठबन्धनबाट मेयर, उपमेयर दुवैले ५० हजार मत कटाएका छन् ।
मेयर पदमा एमालेका उम्मेदवार विजय सुवेदीले यो पटक ल्याएको मत अघिल्लो पटक २०७४ सालको स्थानीय तह निर्वनचनमा एमालेका उम्मेदवारले ल्याएको भन्दा निकै कम छ ।
भरतपुरमा सोमबार रातिसम्म कुल १ लाख २४ हजार ४४ मत गणना हुँदा रेनु दाहालको ५० हजार ३ सय १० र एमालेका विजय सुवेदीको ३८ हजार २ सय ९६ मत आएको छ । रेनु गन्न बाँकी रहेको भन्दा पनि तेब्बर १२ हजार १४ मतले अगाडि छन् ।
अघिल्लो निर्वाचनमा पनि अहिलेको जस्तै सत्तारूढ गठबन्धनका कांग्रेस र माओवादी केन्द्रले भरतपुरमा चुनावी तालमेल गरेका थिए जसमा मेयर पदमा रेनु दाहाल नै उम्मेदवार थिइन् । त्यो बेला रेनु दाहालले ४३ हजार १ सय २७ मत ल्याएर मेयर पदमा विजयी हुँदा उनका निकटतम प्रतिसपर्धी एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९ सय २४ मत ल्याएका थिए ।
प्रकाशित समय : १४:१२ बजे