global ime bank Long Banner Ad

गृहपृष्ठ भरतपुरमा गठबन्धनका उम्मेदवार जितनजिक

भरतपुरमा गठबन्धनका उम्मेदवार जितनजिक

भरतपुरमा गठबन्धनका उम्मेदवार जितनजिक

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका प्रमुख र उपप्रमुखका उम्मेदवार जितनजिक पुगेका छन् । मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेकपा (माओवादी केन्द्र)का प्रमुख पदका उम्मेदवार रेनु दाहाल र नेपाली कांग्रेसका उपप्रमुख चित्रसेन अधिकारी जितनजिक पुगेका हुन् ।

अब महानगरमा  २१ हजार ६१४ मत गन्न बाँकी छ । महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो । आज बिहानसम्म एक लाख छ  हजार २२५ मत गणना भइसकेको छ । प्रमुखमा माओवादी केन्द्रकी दाहाल नौ हजार ९३० र कांग्रेसका अधिकारी १८ हजार ३२५ मतले अगाडि छन् । प्रमुखमा दाहालले ४३ हजार ७४३, एमालेका विजय सुवेदीले ३३ हजार ८१३ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नथ पौडेलले १३ हजार ३७७ मत पाएका छन् । उपप्रमुखमा अधिकारीले ४५ हजार ७४, राप्रपाका हिमला गुरुङले २६ हजार ७४९ मत ल्याएका छन् ।

हाल वडा नम्बर २३ र २५ को मत गणना भइरहेको छ । महानगर पालिकामा २९  वडा छन् । यी दुई वडाको मत गणनापछि चार  वडा मात्र गणना गर्न बाँकी रहन्छ ।  महानगरपालिकामा जितनजिक पुगेकी दाहाल यसअघिको महानगरको निवर्तमान प्रमुख हुन् । उनलाई कांग्रेससहित पाँच दलीय गठबन्धनको सहयोग रहेको छ । निकट मत रहेका सुवेदी बागमती प्रदेश सदस्यबाट राजीनामा दिएर प्रमुखमा उम्मेदवार भएका हुन् । उनलाई राप्रपाको साथ रहेको छ ।

प्रकाशित समय : १४:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु