nmb bank

गृहपृष्ठ ८० प्रतिशत मत गणना सम्पन्न

८० प्रतिशत मत गणना सम्पन्न

८० प्रतिशत मत गणना सम्पन्न

स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ८० प्रतिशत तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज दिउँसो ३ः३० बजेसम्म ५७० स्थानीय तहको निर्वाचन परिणाम निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भइसकेको छ । 

हालसम्म प्रमुखमा १७४, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, उपाध्यक्षमा ३९६, वडाध्यक्षमा पाँच हजार ६५९, महिला सदस्य पाँच हजार ६५३, दलित महिला सदस्य पाँच हजार ५५६ र वडा सदस्यमा ११ हजार २९५ गरी कुल २९ हजार ३०३ जना उम्मेदवार निर्वाचित भएका छन् । 

आयोगले अबको पाँच दिनभित्र बाँकी पालिकाको गणना सकिने विश्वास लिएको छ ।

प्रकाशित समय : ००:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु