रिभर फल्सको आइपीओमा ७.५५ गुणा बढी आवेदन
वि.सं.२०७९ जेठ ४ बुधवार १९:२२
shares

रिभर फल्स पावर कम्पनीको साधारण सेयर (आइपीओ)मा मागभन्दा ७.५५ गुणा बढी आवेदन परेको छ । लगानीकर्ताले आइपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।
बुधबार बिहानसम्म १६ लाख ५७ हजार ९१ जना लगानीकर्ताले १ अर्ब ९१ करोड ७१ लाख रकम बराबरको १ करोड ९१ लाख ७१ हजार कित्ता सेयरको लागि आवेदन परेको हाे । कम्पनीले २७ लाख ३० हजार कित्ता निष्काशन गरेकोमा सामूहिक लगानी कोषलाई १ लाख ३६ हजार ५००, कर्मचारीलाई ५४ हजार ६०० कित्ता निष्काशन गरेको छ । बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्ता सर्वसाधारणका लागि छुट्याइएकाे छ ।
आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । आवेदन आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट दिन सकिने छ । यसको निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
























